
काठमाडौँ । मुद्दा हारेपछि एक व्यक्तिले मंगलबार सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। सुरक्षाकर्मीले उनलाई सकुशल उद्धार गरेका छन्।

उद्धार गरिएका व्यक्ति लालबहादुर राई रहेको खुलेको छ। उनले सोमबार ठगीसम्बन्धी मुद्दा हारेका थिए। सर्वोच्च अदालतले आफूलाई हराएको भन्दै सुसाइड नोट लेखेर राई सर्वोच्च अदालतको पाँचौँ तल्लामा पुगेका थिए।
हामफाल्ने प्रयास गर्नुअघि नै सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिई उद्धार गरेका थिए। उद्धारपछि उनलाई मुख्य रजिस्ट्रारको कार्यालयमा लगिएको प्रहरीले जनाएको छ।

