कैलालीमा चन्दा असुल्न पुगेका श्रमिक पार्टीका संयाेजकसहित दुई जना पक्राउ

धनगढी । कैलालीमा चन्दा असुल्न खाेजेकाे आराेपमा श्रमिक कम्युनिस्ट पार्टी नेपालका जिल्ला संयाेजकसहितका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

Nisharg hospital

बर्दगाेरिया गाउँपालिकामा पुगेर सहयाेग रसिद देखाएर चन्दा माग्ने क्रममा कैलाली संयाेजक
अछामकाे तुर्माखाद गाउँपालिका-४ चिसीका ३६ वर्षीय तिलकबहादुर बयक र राष्ट्रिय सम्मेलन आयोजक समिती सदस्य रुपन्देहीकाे बुटवल उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय मुक्तिराम गैरेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Samajik mantralaye

कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले गाउँपालिका कार्यालयमा गएर सहयोग रसिद देखाएर चन्दा मागिरहेकाे भनी गुनासाे आएपछि इलाका प्रहरी कार्यालय बाैनियाकाे टाेलीलाई दुवै जनालाई बिहीबार पक्राउ गरेकाे जानकारी दिए ।

उनीहरुको साथबाट श्रमिक कम्युनिस्ट पार्टीको प्रर्चा, पम्पलेटसहित ३ थान ठेली (नगदि रसिद) समेत बरामद गरिएको छ ।

  1. दुवै जनालाई इलाका प्रहरी कार्यालय बाैनीयाले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।
Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...