धनगढीकाे स्वस्तिक अस्पतालको नि: शुल्क निःसन्तानता परामर्श शिविर, ७१ जनाले लिए सेवा

cp new add
Nisharg hospital

धनगढी । धनगढीकाे स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटि अस्पतालले आयाेजना गरेकाे नि:शुल्क निसन्तानता परामर्श शिविरमा ७१ जनाले परामर्श लिएका छन् ।

Telecome

इन्दिरा आई.भीएफ. क्लिनिक नेपाल प्रालिको सहकार्य र  समन्वयमा शनिबार आयाेजना गरिएको निःशुल्क निःसन्तानता परामर्श शिविरमा ७१जनाले सेवा लिएका हुन् ।

शिविरमा परामर्श लिन सहभागी भएका जलपति र भागीरामले कमजाेर आर्थिक अवस्थाका कारण सुविधा सम्पन्न अस्पतालमा जान नसकेकाे तर स्वस्तिक अस्पतालले  निःशुल्क निःसन्तानता सम्बन्धी परामर्श दिएपछि खुसी भएको सुनाए  ।  नि: शुल्क परामर्श पाएपछि उनीहरुमा खुसीको सीमा थिएन ।

उनी मात्र होईन, निःशुल्क परामर्श शिविरमा आएका मदन र लक्ष्मीको मुहारमा पनि असाध्यै खुशी देखिन्थे । शिविरमा ९५ जनाले नाम दर्ता गराए पनि ७१ जनाले सेवा लिएको स्वस्तिक अस्पतालका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

अस्पताल परिसरमा सञ्चालन गरिएको नि:शुल्क परामर्श शिविरमा इन्दिरा आई.भि.एफ क्लिनिकका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर नेहा हुमागाई र स्वस्तिक अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर अन्जना काफ्लेले चेकजाँच गर्दै परामर्श सेवा पनि  दिएका थिए ।

स्वस्तिक अस्पतालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर  काफ्लेले सिविरमा सहभागी दम्पतीहरुमा कम शुक्राणु, शुन्य शुक्राणु, बन्द प्यालोपियन, अण्डामा खराबी, गर्भासयमा रसोली, अनियमित महिनावारी, पुरुष नसबन्दी लगायतका समस्या चेकजाँच गरि परामर्श दिएको बताए ।

इन्दिरा आई.भि.एफ.क्लिनिक नेपालका प्रसुती तथा स्त्री रोग विशेषज्ञ डाक्टर नेहा हुमागाईले नेपालमा निःसन्तानता समस्या भएका ९५ प्रतिशत दम्पतीको सफल उपचार भई सन्तान प्राप्त गरेको बताइन् ।

इन्दिरा आई.भि.एफ. क्लिनिक नेपालकोे काठमाडौमा १ शाखां र भारत भरि १ सय ५५ वटा शाखाहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...