कैलालीमा वर्षाका कारण कांग्रेस अधिवेशन स्थगित

cp new add
Nisharg hospital

काठमाडौं । कैलालीमा नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत जारी अधिवेशन स्थगित भएको छ । जिल्ला निर्वाचन समितिले प्रतिकूल मौसमका कारण अधिवेशन स्थगित गरेको हो ।

निर्वाचन अधिकृत वीरेन्द्रकुमार खत्रीले शनिबारका लागि निर्धारित प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रको अधिवेशन ९क्षेत्रीय० स्थगित गरिएको जानकारी दिए ।

जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले देशभर केही दिन थप भारी वर्षा हुने पूर्वानुमान गरेका कारण क्षेत्रीय अधिवेशन स्थगित गरिएको उनले बताए । निर्वाचन अधिकृत खत्रीले क्षेत्रीय अधिवेशनको निर्वाचन कार्यक्रम सोमबारका लागि तोकिएको पनि बताएका छन् ।

लगातारको वर्षाका कारण कांग्रेसले विभिन्न जिल्लाहरूमा जारी अधिवेशन स्थगित गरिरहेका छ । केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गरेर अधिवेशनका निर्वाचन कार्यक्रमहरू आ–आफ्नो क्षेत्रको मौसमको अवस्था हेरेर गर्न भनेको थियो ।

समितिले मौसम अनुकुल भएका क्षेत्रमा तोकिएकै मितिमा र प्रतिकुल रहेका क्षेत्रमा १३ असोजभित्र गरिसक्ने गरी अधिवेशनको आवश्यक व्यवस्था मिलाउन पनि जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...