बलात्कारको झुटो जाहेरी दिएको भन्दै महिला पक्राउ

cp new add
Nisharg hospital

१५ असोज, काठमाडौं । बलात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

Nast Ad

नवलपरासीको वर्दघाट चिसापानी घर भई हाल काठमाडौंको जडिबुटीमा डेरा गरी बस्ने ३४ वर्षकी महिलाले बलात्कारको झुटो जाहेरी दिएको आरोपमा पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी राजु पाण्डेले जानकारी दिए ।

ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनि प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् ।

तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको डीएसपी पाण्डेले बताए ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...