धनगढीको चैतन्यद्वारा शैक्षिक जागरण आभियान

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । धनगढीको चैतन्यले शैक्षिक जागरण आभियान थालनी गरेको छ ।

शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन र प्रकृति र संस्कृतिको सम्मानका लागि चैतन्य पाठशाला भन्ने मूल नारा बोकेर अगाडि बढेको धनगढीको शिवनगरमा रहेको चैतन्य पाठशालाले शैक्षिक क्षेत्रमा नवीन प्रयास तथा शौक्षिक जागरणको अभियान सुरू गरेको छ ।

दूर दराजका स्थानमा रहेका आधारभूत आवश्यकताबाट वञ्चित रहेका, आर्थिक विपन्नताबाट गुज्रिरहेका र शैक्षिक क्षेत्रमा चाहेरपनि अगाडि बढ्न नसेकेका ठाउँमा गएर सक्दो सहयोग गरी पाठशालाले शैक्षिक जागरण अभियानको यात्रा सुरु गरेको हो । चैतन्य पाठशाला र चैतन्य एकेडेमीले शैक्षिक जागरण अभियानको यात्रा गर्दै आएको छ ।

विगतका वर्षझैं यस वर्षपनि सहयोगार्थ स्वरुप यही पुष १४ गते जुगेडामा रहेको नवदुर्गा आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई १२० थान न्यानो लुगा वितरण गरेको थियो । भने श्री दर्जा कोट मावि धिर्कामाण्डौँ डोटीको विद्यालयलाई एक थान ल्यापटपसहित ३०० थान न्यानो लुगा र पुस्तकालयका लागि पुस्तक पनि उपलब्ध गराएको पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशी बताए ।

डोटीको बोगटान फुडसिल गाउँपालिका १ सिमचौर स्थित सिमचौर माविका विद्यार्थीहरुलाई १८६ थान न्यानो लुगा विवरण गरि उप्रेरणात्मक कार्यक्रम सञ्चालन गरिएको छ। पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले शिक्षासँगै संस्कारपनि आजको समाजको आवश्यकता रहेको बताए। चैतन्यको यस कार्यक्रमबाट समाजमा सकारात्मक मनोविज्ञानको विकास भएको स्थानीयहरूको भनाइ छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...