सुदूरपश्चिम राजधानी कपको उपाधी लुम्बिनी प्रदेशलेहात र्पान सफल

Nisharg hospital

१६ असोज, धनगढी । लुम्बिनी प्रदेशले कैलालीको धनगढीमा भएको सुदूरपश्चिम राजधानी कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

आज धनगढी रंगशालामा भएको फाइनल खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई सडनडेथमा हराउँदै उपाधी जितेको हो । लुम्बिनीले कर्णालीलाई सडनडेथमा १०–९ ले हराएको हो । यसअघि निर्धारित समय दुबै टोलीले १–१ को बराबरी खेलेका थिए । दुबै टोलीले आत्मघाती गोल गर्दा बराबरी भएको थियो ।

swostik

उपाधीसँगै लुम्बिनी प्रदेशले नगद नगद ५ लाख, सहित ट्रफी मेडल हात पार्न सफल भएको छ । त्यसै गरि उपविजेता कर्णाली प्रदेशले नगद ३ लाख सहित ट्रफी मेडल प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी लुम्बिनी प्रदेशका फागुराम चौधरी भएका छन् । उनले नगद २० हजार पुरस्कार प्राप्त गरेका हुन् ।

यस्तै उत्कृष्ट रक्षक लुम्बिनी प्रदेशका चेतन थारु, उत्कृष्ट गोलरक्षक कर्णाली प्रदेशका सुदीप शाही ठकुरी, उत्कृष्ट प्रशिक्षक कर्णाली प्रदेशका चन्द्रप्रकाश शाही उत्कृष्ट मिडफिल्डर कर्णाली प्रदेशका भुपेन्द्र शाही भए ।

उनीहरुले जनही दश दश हजार पुरस्कार प्राप्त गरेका हुन । जुन पिएफए स्पोट्स क्लब अत्तरियाको आयोजनामा भएको थियो ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...