भारतमा रेलले किचेर ११ जनाकाे मृत्युु

Dhangadhi

काठमाडौं । भारतको महाराष्ट्रमा रेलबाट हाम फाल्ने क्रममा ११ जनाको मृत्यु भएको छ।

Nisharg hospital

रेलमा आगो लागेसँगै हाम फाल्दा अर्को रेलले किचेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पाँचजना घाइते भएका छन्।

देशको आर्थिक केन्द्र मुम्बईबाट करिब चार सय किलोमिटर टाढा दुर्घटना भएको जलगाँव जिल्लाका शीर्ष अधिकारी आयुष प्रसादले भने, ‘मानिसहरूलाई रेलले किचेको छ। ११ जनाको मृत्यु भएको छ र पाँच जनाको उपचार भइरहेको छ।’

ok

भारतीय रेलवेका प्रवक्तालाई उद्धृत गर्दै स्थानीय मिडियाले कसैले मुम्बई जाने रेलमा ‘अलार्म चेन’ तानेको र त्यसपछि ‘केही यात्रु रेलबाट ओर्लिएको’ बताएका छन्। ‘त्यसै बेला विपरीत दिशाबाट आउँदै गरेको अर्को रेलले उनीहरूलाई किचेको हो’, प्रवक्ताले भने।

भारतले अर्थतन्त्र र कनेक्टिभिटी बढाउन ३० अर्ब डलरको रेल पूर्वाधार आधुनिकीकरण सुरु गरेको छ।

तर विश्लेषकहरूका अनुसार दुर्घटनाको सङ्ख्या समयको साथ घट्दै जाँदा भारतको पुरानो रेल प्रणालीले अझै धेरै लामो यात्रा गर्न बाँकी छ।

सरकारी तथ्यांकअनुसार सन् २०१७ देखि २०२१ सम्म वार्षिक औसत २० हजार मानिसको रेल दुर्घटनामा मृत्यु भएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...