धनगढी । नेकपा एमालेले सुरू गरेकाे जरा अभियान अन्तरगत
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा परामर्श बैठक सम्पन्न भएकाे छ ।

अभियान अन्तरगत शनिबार एमाले पार्टी कार्यालयमा संघीय निर्वाचन क्षेत्र नम्बर ५ काे समन्वय समितिकाे परामर्श बैठक बसेकाे हाे ।
संघीय निर्वाचन क्षेत्र नम्बर ५ काे समन्वय समितिका संयाेजक गाेपाल पाठकले परामर्श बैठकमा क्षेत्र नम्बर ५ मा पार्टीकाे विभिन्न तहमा प्रतिनिधित्व गर्ने नेताहरूसँग जरा अभियानबारे छलफल गरिएको थियाे ।
बैठकले अभियानकाे कार्ययोजना बनाउन सबैसँग सुझाव मागेकाे छ ।
एमालेकी पाेलिटब्युराे सदस्य तथा कैलाली क्षेत्र नम्बर ५ कि इन्चार्ज लिला भण्डारीले बैठकका उदेश्यबारे प्रकाश पार्दै
पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ पार्टीले जरा अभियान सञ्चालन गरेकाे बताइन् ।

पार्टीले चलाएकाे मिसन ग्रासरूट अभियानबाट तल्लाे तहसम्म कमिटीकाे अवस्थाबारे बुझ्ने अवसर मिलेकाे र जरा अभियानले पार्टीलाई मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
यस्तै पाेलिटब्युराे सदस्य तथा कैलाली पार्टी इन्चार्ज नारदमुनी रानाले जरा अभियानले पार्टीकाे वडा तहमा भएका समस्या पहिचान गर्दै समाधान गर्न सहयाेग पुगाउने बताए ।
उनलेे क्षेत्र नम्बर ५ मा पर्ने धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालिकाका २ वडा गरेर २१ वटैमा जरा अभियानमा जिम्मेवारी ताेकेर खटाइने बताए ।
त्यसरी खटिने नेताले वडाहरूका समस्या पहिचान गर्नेछन् र समाधानका लागि पार्टी कमिटीलाई सुझाव दिनेछन् । समन्वय समितिका संयाेजक पाठकले शनिबार पहिलो बैठक भएकाले नेताहरूबाट सुझाव संकलन गरिएकाे बताए।
एमालेकाे केन्द्रीय कमिटी बैठकले माघ, फागुन र चैतमा सबै निर्वाचन क्षेत्रमा जरा अभियान सञ्चालन गर्ने निर्णय गरेकाे थियोे ।
