दशैँले समृद्धि ल्याओस् : मुख्यमन्त्री भट्ट

cp new add
Nisharg hospital

१९ असोज, धनगढी । सुदूरपश्च्रिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासीको समृद्धिको कामना गरेका छन् ।

Nast Ad

बुधबार बडा दशैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै दशैँले आपसी एकता, सद्भाव कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा मुख्यमन्त्री भट्टले दशैँ जस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आवद्ध गरी विविधताका बीच एकता, धार्मिक सहिष्णुता, आपसी सद्भाव तथा भ्रातृत्व कायम गर्न सहयोग पुगेको उल्लेख गर्दै यस पर्वले सम्पूर्ण नेपालीमा उमङ्ग उत्साह र हौसला छाओस् भनी उल्लेख गरेका छन् ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...