राष्ट्रिय युवा संघ सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता गर्ने

धनगढी । राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेकपा एमाले निकट युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीले १९ चैतदेखि खुुला पुुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको छ ।

Nisharg hospital

प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले राष्ट्रिय युवा संघ कप–२०८१ खुला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । चैत १९ गतदेखि २३ गतेसम्म धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता चल्ने कुँवरले बताए ।

प्रतियोगितामा पहिलो हुने टिमले दुई लाख २५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुुने टिमलाई ७५ हजार नगद पुरस्कार राशी प्रदान गरिने युवा संघले जनाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...