


काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको छ । कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै विराटनगर किंग्सलाई पहिले ब्याटिङ गर्न निम्ता दिएका हुन् ।



टस भएपनि त्रिवि क्रिकेट मैदानमा भने अहिले छिटपुट वर्षा भइरहेको छ । मैदानलाई त्रिपालले कभर गरेर राखिएको छ । अहिले मुख्य पिचलाई मात्रै कभर गरिएको छ । आउटफिल्ड भने कभर गरिएको छैन ।





वर्षाकै बिचमा अम्पायरले छाता ओढेरै टस गराएका हुन् । टससँगै दुवै टिमका खेलाडीहरू वार्मअपका लागि मैदानमा निस्किसकेका छन् ।






