


हुम्ला । भारत लैजान लागेको अवस्थामा कञ्चनपुरको गड्डाचौकीबाट उद्धार गरिएका बालबालिकाहरूलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले अभिभावकको जिम्मा लगाएको छ ।



बिहीबार प्रहरीले गड्डाचौकीबाट उद्धार गरी ल्याइएका बालबालिकालाई जिल्ला प्रहरी कार्यालय हुम्लाले शुक्रबार अभिभावकको जिम्मा लगाएको हो ।





उद्धार गरिएका नौ बालिका र १६ जना बालक गरी २५ जना रहेको प्रहरी नायब उपरीक्षक९डीएसपी० शंकर खड्काले बताए । उनले अभिभावकलाई कानुनी सचेतना दिँदै कागज पनि गरिएको प्रहरीले जनाएको छ ।

अभिभावकलाई यसरी बालबालिकालाई पढाइको प्रलोभनमा पारेर बाहिर पठाउन नहुने र यसरी पठाउने जो कोही भएपनि कानुनी रूपमा सजायको भागिदार हुने भन्दै सचेतना प्रदान गरिएको डीएसपी खड्काले बताए ।






