कैलाली र कञ्चनपुरमा भारी वर्षा, तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

Nisharg hospital

२१ असोज, धनगढी । कैलाली र कञ्चनपुरका केही स्थानमा भारी वर्षा भएको छ । पछिल्लो तीन घण्टामा दुवै जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

Dhangadhi suchana

भारी वर्षाका कारणले दिउँसो १२ बजेसम्म साना तथा ठूला नदी र खोलाहरुमा बाढीको सम्भावना भएको सर्तकता अपनाउन आग्रह समेत गरिएको छ ।

खासगरी खुटिया, कान्द्रा, मोहना नदी, सुहेली, चौधर लगायतका साना खोलाहरुमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान पर्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...