
२१ असोज, धनगढी । कञ्चनपुरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

सदरमुकाम महेन्द्रनगरस्थित चम्मनचोक नजिकै सुपप्र ०२(००१ ख ११६१ नम्बरको बस र म १ प ६२७२ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक २० वर्षीय सुनिल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी भीमदत्त नगरपालिकाको तिलाचौरका स्थानीय बासिन्दा हुन् । बसको ठक्कबरबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको हो ।
