पुष्करनाथ ओझा निकटस्थहरुसँग छलफलमा

Kailali hospital
Nisharg hospital

२१ असोज, धनगढी । पुष्करनाथ ओझाले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट अगामी मंसिर ४ मा हुने चुनावमा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेका छन् । निर्वाचन आयोगले पर्सी आइतबार उम्मेदवार मनोनयन दर्ताको समय तोकेकाले ओझाले उम्मेदवारी दिने विषयमा निकटस्थहरुसँग छलफल थालेका छन् ।

धनगढीस्थित रुवस होटलमा ओझा अहिले अगामी निर्वाचनमा उम्मेदवारी दिने भएकाले निकटस्थहरुसँग छलफलमा छन् । उनले कसरी अगाडी बढ्ने भन्ने विषयमा परामर्श गरिरहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

Navjiwan hospital adv

‘पुष्कर दाईले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने कुरा करीब तय भइसकेको छ,’ ओझा निकट स्रोतले भन्यो,‘प्रतिनिधिसभामा एकल उम्मेदवारी दिने की प्रदेशसभामा समेत उम्मेदवार बनाउने भन्ने विषयमा शुभचिन्तकहरुसँग सुझाव राख्न छलफल गरिरहनुभएको हो ।’ ओझाले छलफलमा आउने सुझावका आधारमा आवश्यक निर्णय लिएर शुक्रबार साँझसम्म पत्रकार सम्मेलनमार्फत उम्मेदवारी घोषणा गर्ने तयारी गरेको बताइएको छ ।

२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजीत भएपछि चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी उनलाई कारवाही गरेको थियो ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने देखेपछि समानुपातिक रोजेकी छन् । यो बीचमा ओझालाई फकाउने प्रयास समेत असफल भएका थिए । उनी समानुपातिक सूचीमा परेपछि कैलाली–५ मा नेपाली कांग्रेसले ओझामाथिको कारवाही फुकुवा गरेर टिकट दिने चर्चा चलेको थियो ।

तर बालुवाटारले भने पूर्व सुदूरपश्चिम प्रदेशसभा सदस्य डिल्लीराज पन्तलाई प्रतिनिधिसभा सदस्यको चुनाव लड्न तयारी गर्न भनिसकेकाले त्यो सम्भावना नरहेको नेताहरु बताउँछन् । प्रदेशसभा ‘ख’ तर्फ भने आरजुले आफ्ना स्वकीय सचिव सचिव रहेका भतिजा प्रकाश देउवालाई लडाउने तयारी गरेकी छन् ।

 

याे पनि हेर्नुस्
Loading...