
२१ असोज, धनगढी । कैलाली घर भएकी गायिका तथा मोडल लक्ष्मी आचार्य जमराको गलत प्रयोग गरेको भन्दै विवादमा फसेकी छन् । आचार्यले दशैंको दिन संवेदनशील अंगबीच जमरा टाँसेको तस्बिर सार्वजनिक गरेपछि उनी विवादमा मुछिएकी छन् ।

बडा दशैँमा मान्यजनको हातबाट लगाइने जमरा आचार्यले शरीरको संवेदनशिल अंगमा टाँसेर सामाजिक सञ्जालमा फोटो हालेपछि मौलिक संस्कृतिमाथि प्रहार गर्दै विकृति फैलाउन खोजिएको भन्दै आलोचना भइरहेको छ ।
उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आफ्नो दशैंको टिका नभएको बताउँदै मान्यजनबाट आशिर्वाद थाप्न नसकेको भन्दै प्रस्टीकरण दिएकी छन् ।
ठुलाबडाबाट शिरमा जमरा थाप्न नमिल्ने भएकोले नै आफूले दशैँको झल्को मेटाउन छातीमा जमरा लगाएको उनको भनाई छ ।

