कैलाली–५ मा पुष्करनाथ ओझाको स्वतन्त्र उम्मेदवारी घोषणा

Nisharg hospital
Airth Mantralaye

२१ असोज, धनगढी । नेपाली कांग्रेसले क्रियाशिल सदस्य समेत नरहनेगरी निष्काशन गरेका नेता पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट ओझाले स्वतन्त्र उम्मेदवारी दिने धनगढीमा पत्रकार सम्मेलन गरेर घोषणा गरेका हुन् ।

pradesh helath nirdesanalaye
gauriganga

‘मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा म स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्न चाहान्छु,’ पत्रकार सम्मेलनमा बोल्दै ओझाले भने । उनले आफू सबै दलको साझा उम्मेदवारका रुपमा अघि सर्ने बताएका छन् ।

Dhangadhi bidhut

२०७४ सालको प्रतिनिधिसभा चुनावमा पनि ओझा टिकटको आकांक्षी थिए । तर पार्टी सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि ओझा रुष्ट थिए । आरजु नेकपा एमालेका नारदमुनी रानासँग पराजित भएकी थिइन् । उक्त चुनावमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले ओझालाई क्रियाशील सदस्य समेत नरहने गरी कारवाही गरेको थियो ।

यसपटक पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि कैलाली–५ बाट एकल सिफारिसमा परेकी आरजुले ओझाको साथ नपाउने संकेत देखेपछि समानुपातिक रोजेकी छन् । आरजु समानुपातिक सूचीमा परेपछि कांग्रेसले ओझा माथिको कारवाही फुकुवा गरेर कैलाली–५ मा टिकट दिने चर्चा चलेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...