स्वदेशमै सम्भावना : टीकापुरमा युवाद्धय ओझा र रावलले खोले ‘ओला नेपाल रेष्टुरेन्ट’

cp new add
Nisharg hospital
suchana
Nast new

कैलाली । कैलालीको टीकापुरमा नयाँ स्वाद र नयाँ सोचका साथ ‘ओला नेपाल रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। टीकापुरकै स्थानीय युवा राजेन्द्र ओझा र विवेक रावलले साझेदारीमा करीब ४० लाख रुपैयाँको लगानीमा यो रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।

बैशाख ७ गतेदेखि सञ्चालन गरिएको यो रेष्टुरेन्टले ग्राहकलाई नयाँ स्वादको अनुभव दिने दाबी गरेका छन्। काठमाडौंमा डेढ वर्षसम्म ‘प्राइम क्याफे’ सञ्चालन गरेका दुवै युवा उद्यमी आफूहरू अब आफ्नै ठाउँमा केही नयाँ गर्ने सोचका साथ फर्किएको बताउँछन्।

‘देशका युवाहरू विदेशिने क्रममा छन्, तर हामी स्वदेशमै केही गर्न चाहन्थेँ,’ राजेन्द्र ओझाले भने, ‘टीकापुरमा स्वाद र सेवा दुवैमा फरकपन दिने प्रयास गरेका छौँ।’

‘ओला नेपाल रेष्टुरेन्ट’ले बजार मूल्यमै मदिरा, भट्टी चिया, तथा विभिन्न खाजाका परिकारहरू उपलब्ध गराइरहेको छ। रेष्टुरेन्टमा अहिले आठ जनालाई रोजगारी दिइएको छ भने भविष्यमा रोजगारीको अवसर अझ बढाउने योजना सञ्चालकहरूले बताएका छन्।

स्थानीयस्तरमै रोजगारी र व्यवसायलाई प्रवर्द्धन गर्न युवा फर्किएको यो पहलले अन्य युवाहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...