
२५ असोज, धनगढी । डोटीमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको बडिकेदार गाउँपालिका ३ भैंसीडाँडा बस्ने ६१ वर्षीय कलमबहादुर बुढामगर सोही ठाउँस्थित घाङ्गल खोलामा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

गाउँपालिका ३ नानाकोटस्थित दाजुको घरबाट गत बुधबार दसैंको टिका थापी घर फर्किने क्रममा उनी बेपत्ता भएका थिए ।

उनको शव खोलामा सडिगलेको अवस्थामा फेला परेको थियो । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
