press
po

मानसिक अवस्था ठिक नभएको व्यक्तिको ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

cp new add
Nisharg hospital
dhanga
Rubic

सुर्खेत। रुकुम पश्चिममा मानसिक अवस्था ठिक नभएको व्यक्तिको ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बाफिकोट गाउँपालिका–२ स्वारा बस्ने बल बहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथ रहेका छन्।

sanjiwan
Nisharg

रुकुम पश्चिम प्रहरीका अनुसार, शुक्रबार बेलुका करिब ५:३० बजेको समयमा घरनजिकै बाटोमा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि ढुङ्गाले टाउकोमा प्रहार गरेका थिए।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara
Nav

ढुङ्गा प्रहारबाट बालकको अवस्था गम्भीर भएपछि उपचारका लागि स्वास्थ्य चौकी पिपल, रुकुम पश्चिम लगिएको थियो।

HAMRO DAIRY

त्यहाँ सामान्य उपचार पश्चात् थप उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइयो। यद्यपि राति १० बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ढुङ्गा प्रहार गर्ने भक्त बहादुर नाथलाई नियन्त्रणमा लिइएको छ भने उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...