


धनगढी । कञ्चनपुरमा भारतीय माेटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


बेलाैरी नगरपालिका-२ काे खैरेनीस्थित युपी ३१ एस ८३१४ नम्बरको माेटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।






दुर्घटनामा चालक लखिमपुरखिरी थाना सम्पूर्णनगर-१ बस्ने ६५ वर्षीय सतराेहन लाल यादवकाे मृत्युु भएको हाे ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






