वार्षिक ८५ सय रुपैयाँमै वाई–फाई नेपालको १०० एमबीपीएस इन्टरनेट, थप १ महिना बोनस

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ। इन्टरनेट सेवा प्रदायक कम्पनी वाई–फाई नेपालले ‘मनसुन अफर– सेन्चुरी प्याक’ सार्वजनिक गरेको छ। कम्पनीले १०० एमबीपीएस गति इन्टरनेट सेवासहित यो अफर ल्याएको हो।

यस अन्तर्गत १२ महिनाको सेवा जडान गर्दा एक महिना बोनस, ५ गिगाहर्जको नोकिया राउटर सहितको प्याकेज साढे आठ हजार रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ उक्त मूल्यमा कुनै थप शुल्क वा भ्याट लाग्ने छैन।

वाई–फाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले भने, “वाई–फाई नेपालको लक्ष्य सधैं सबै नेपालीलाई छिटो र भरपर्दो इन्टरनेट सेवा किफायती मूल्यमा उपलब्ध गराउनु हो। १०० एमबीपीएस सेवा सफलताका साथ सञ्चालन भइरहेका बेला ग्राहकलाई मध्यनजर गर्दै यो विशेष अफर ल्याइएको हो।”

उनका अनुसार हाल वाई–फाई नेपालको सेवा देशभर ४८ शाखा र १०० भन्दा बढी सहरमा सेवा विस्तार भइसकेको छ। सेवा सुरु गर्न ४४३ जना प्राविधिक जनशक्ति परिचालनमा छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...