२ हजार ५ सय घट्यो सुन

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन सुन प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते हालसम्मकै उच्च १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर २ हजार १६० रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...