धनगढीका करातेँ खेलाडीलाई ट्र्याकसुट वितरण

Nisharg hospital
krishi add

२६ असोज, धनगढी । गण्डकी प्रदेशमा असोज २८ गते देखि कार्तिक ३ गते सम्म नवौँ राष्ट्रिय खेलकुद २०७९ आयोजना हुन गईरहेको छ ।

जस्मा सहभागी हुन गइरहेका सुदूरपश्चिम प्रदेश कराँते टोलीका खेलाडीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ ।

swostik

अन्तर्राष्ट्रिय कराँते खेलाडी तथा वरिष्ठ कराँते प्रशिक्षक मकेन्द्र बहादुर सिंहले २८ जनाको सो टोलीलाई ट्र्याकसुट वितरण गरेका हुन । ट्र्याक सुट वितरण गर्दै सिहँले आफू कराँते खेलको विकासमा सधैँ लागिपरेको र भविष्यमा समेत सक्दो योगदान गर्ने धारणा व्यक्त गरे ।

सिंहले कराँते टोलीलाई नियमितरुपमा प्रशिक्षण समेत गराईरहेका छन् । ट्र्याक सुट वितरण कार्यक्रममा कैलाली जिल्ला खेलकुद समितिका अध्यक्ष ललित खत्री, समितिका कार्यालय प्रमुख दीपक बहादुर सिंह र कराँते प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।

कराँते टोली बुधवार पर्वतको कुश्माका लागि प्रस्थान गर्ने भएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...