सुदूरपश्चिम रोयल्सममा दीपेन्द्रसहित ६ खेलाडी रिटेन

cp new add
Nisharg hospital

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीसहित ६ खेलाडीलाई ‘रिटेन’ गरेको छ।

Nast Ad

उनलाई पुनः मार्की खेलाडीको रूपमा रिटेन गरेको सुदूरपश्चिमले जनाएको छ। दीपेन्द्रको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स गत सिजन फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

उनलाई यस सिजनका लागि निरन्तरता दिँदै दीपेन्द्रको प्रभावकारी नेतृत्वप्रति भरोसा कायम राखेको रोयल्सले विज्ञप्तिमार्फत जनाएको छ। सुदूरपश्चिमले राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसहित विनोद भण्डारी, आरिफ शेख, अविनाश बोहरा, इशान पाण्डे र नरेन साउँदलाई रिटेन गरेको हो।

त्यस्तै अर्जुन कुमाल, नरेश बुढाथोकी, खडकबहादुर बोहरा, भोजराज भट्ट, अमित श्रेष्ठ र वसन्त खत्रीलाई रिलिज गरिएको छ। सुदूरपश्चिमको पहिचान बोकेको टोलीले टिम निर्माण प्रक्रियालाई अझ सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...