इजरायलले आक्रमण रोके युद्धविराम गर्न इरान तयार

cp new add
Nisharg hospital
suchana
Nast new

काठमाडौँ । इजरायलले आक्रमण रोके युद्धविराम गर्न आफूहरू तयार रहेको इरानले बताएको छ । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले यदि इजरायलले आफ्नो ुअवैध आक्रमणु तत्काल रोकेमा इरानले पनि आफ्नो जवाफी कारबाही रोक्ने उल्लेख गरेका छन्।

उनले यो कुरा सामाजिक सञ्जाल एक्स एक्स मार्फत सार्वजनिक गरेका हुन्। अराघचीले इजरायललाई स्थानीय समयअनुसार बिहान ४ बजेसम्म आक्रमण रोक्न समयसीमा दिएका थिए, जुन समय भर्खरै बितेको छ।

आफ्नो पोस्टमा उनले लेखेका छन्–ुइरानले बारम्बार स्पष्ट पारेको छस् युद्धको सुरुवात इजरायलले गरेको हो, इरानले होइन। अहिलेसम्म, कुनै पनि युद्धविराम वा सैन्य कारबाही रोक्ने विषयमा कुनै सहमति भएको छैन। यद्यपि, यदि इजरायली शासनले तेहरान समयअनुसार बिहान ४ बजेभित्र आफ्नो अवैध आक्रमण रोकेको खण्डमा, हामीले त्यसपछि जवाफी कारबाही जारी राख्ने कुनै मनसाय राखेका छैनौँ। हाम्रो सैन्य कारबाही रोक्ने अन्तिम निर्णय पछि लिइनेछ।ु

यो भनाइले इरानले स्थितिलाई थप तनावपूर्ण हुनबाट रोक्न चाहेको संकेत दिएको छ, तर अन्तिम निर्णय अझै हुन बाँकी रहेको स्पष्ट पारेको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...