बैतडीको पञ्चेश्वरमा स्वस्तिक अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, १३८३ जना लाभान्वित

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका २ ठाउँमा कैलालीको धनगढीस्थित स्वस्तिक अस्पतालले स्वास्थ्य शिविर गर्दा १ हजार ३८३ जना लाभान्वित भएका छन् ।

स्वस्तिक अस्पतालले विशेषज्ञ चिकित्सकसहित पञ्चेश्वर गाउँपालिका–३ कुलाउ र पञ्चेश्वर–५ गिरेगडास्थित गडमेश्वर आधारभूत विद्यालयको प्राङ्गण स्वास्थ्य शिविर गरेको हो ।

पञ्चेश्वर गाउँपालिका र स्वस्तिक अस्पतालको संयुक्त आयोजनामा भएको स्वास्थ्य शिविर शनिबारदेखि २ दिन कुलाउ र १ दिन गिरेगडामा भएको गाउँपालिकाको स्वास्थ्य शाखाका पोषण सहजकर्ता नारायणराम सार्कीले जानकारी दिए । उनका अनुसार शिविरबाट १ हजार ३८३ जनाले सेवा लिएका छन् । शिविरबाट कुलाउमा ९२० जना र गिरेगडामा ४६३ जनाले सेवा लिएका छन् ।

पञ्चेश्वर गाउँपालिका बैतडीका अध्यक्ष गोरखबहादुर चन्दले शनिबार शिविरको उद्घाटन गरेका थिए । शिविरमा सेवा लिन स्थानीयको भीड लागेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । पञ्चेश्वरवासीले स्वास्थ्य सेवाका लागि डडेल्धुरा, धनगढीका साथै भारतको पिथौरागडसम्म जानुपर्ने बाध्यता रहेकोमा घरआँगनमै सेवा लिन सकून् भनेर शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमा मुटु, छाती, सुगर, प्रेसर, कलेजो, थाइराइड रोग, हाडजोर्नी तथा नशारोग, कम्मर, घुडा, हातखुट्टा सुन्निने, दुख्ने, झम्झमाउने सम्बन्धी उपचार, महिला, स्त्री तथा प्रसूति रोग, महिलाको तल्लो पेट दुख्ने, महिनावारीमा गडबडी, पाठेघर सम्बन्धी सेवा, निसन्तानपनको समस्या लगायतमा स्वास्थ परामर्शका साथै निस्शुल्क औषधि वितरण गरिएको थियो ।

शिविरमा स्वस्तिक अस्पतालका विशेषज्ञ चिकित्सक वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा। सुनिल पाण्डे, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा। इन्द्रबहादुर शाह, स्त्री, महिला तथा प्रसूति रोग विशेषज्ञ डा। रामकुमार यादव तथा मेडिकल अधिकृत डा। मनोजकुमार भट्ट र डा। सुरेन्द्र लिम्बुले स्वास्थ्य चेकजाँच तथा परामर्श दिएका थिए ।

शिविर समापनमा गाउँपालिका अध्यक्ष चन्दले विकासको दृष्टिकोणले पञ्चेश्वरमा विशेष चिकित्सकसहितको स्वास्थ्य सेवा दिएकोमा धन्यवाद दिँदै आगामी दिनमा स्वास्थ्य जाँच गर्ने उपकरण सहितको सेवा दिनुपर्ने बताए । शिविरमा सेवा लिएका बिरामीले त्यहाँको पर्चा लिएर आएमा १ महिनासम्म ओपीडी ९विशेषज्ञ डाक्टर परामर्श० शुल्क नलाग्ने र अन्य उपचारमा छुट सुविधा रहेको अस्पतालका अध्यक्ष दिपेन्द्रप्रसाद तिवारीले जानकारी दिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...