श्रीमानको कुटपिटबाट १९ वर्षीया श्रीमतीको मृत्यु

Nisharg hospital

२७ असोज, धनगढी । महोत्तरीमा एक महिलाको आफ्नै श्रीमानको कुटपिटबाट मृत्यु भएको छ ।

जिल्लाको पिपरा गाउँपालिका ५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाईबाट उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Aishwya
Dhanagdhi

गत असोज १८ गते बिहान श्रीमानले उनीमाथि मरणासन्न हुने गरी कुटपिट गरेका थिए । श्रीमानको कुटाईबाट गम्भीर घाइते भएकी उनको असोज २० गते जनकपुर स्थित जनकपुर सुरक्षा अस्पतालमा भर्ना गरिएको थियो ।

उनको अवस्था गम्भीर भएकाले तत्काल जनकपुर न्युरो अस्पतालमा रिफर गरिएको थियो । उनलाई २० गतेदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

२५ गते बिहान ११ बजे उनको उपचारका क्रममा ज्यान गएको हो । प्रहरीले बिमलेश यादवविरुद्ध सुरूमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको थियो । कविताको मृत्युपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरिक्षक सरोज राईले बताए ।

आरोपीलाई असोज २१ गते पक्राउ गरिएको हो । माईतीपक्षले मृतकको अन्त्येष्टी गरेको छ । माईतीपक्षले दाईजोको कारण हत्या गरिएको आरोप लगाएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...