राष्ट्रिय चलचित्र पुरस्कार-२०८२ : विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री

cp new add
Nisharg hospital
suchana

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८२ मा उत्कृष्ट अभिनेताको पुरस्कार पूर्णबहादुरको सारंगीबाट विजय बरालले पाएका छन् । बरालको मुख्य भूमिका रहेको यो फिल्मले कीर्तिमानी व्यापार गर्न सफल भएको थियो ।

उक्त फिल्ममा बरालसँगै प्रकाश सपुत, अन्जना बराइली, बुद्धि तामाङ, मुकुन भुसाल लगायतको अभिनय रहेको थियो । फिल्मको निर्देशन सरोज पौडेलले गरेका हुन् ।

त्यसैगरी वर्षको उत्कृष्ट अभिनेत्रीको पुरस्कार उपासना सिंह ठकुरीले पाइन् । उनले अशोक थापा मगरको निर्देशनमा रहेको खुस्मा फिल्मबाट उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाएकी हुन् ।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरेका हुन् । चलचित्र विकास बोर्डले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्दै आएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...