

जापान । कुरुमे पल्टन्सको आयोजनामा जुलाई २० र २१ मा जापानको तोसु खेलमैदानमा हुने दोस्रो कुरुमे कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिताको टाइ–सिट सार्वजनिक गर्दै आयोजकले सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
सार्वजनिक टाइ–सिट अनुसार १० टिमलाई दुई समूह (पोल ‘एु ‘र पोल ‘बीु’ )मा विभाजन गरिएको छ। दुबै समूहको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ। प्रतियोगिताको उद्घाटन खेल ‘फुकुओका सि।सी’ र ‘ओगोओरी सि।सी’बीच तोसु मैदानमा हुने तय गरिएको छ।
नेपालीजबीचको सद्भावको सन्देश
विदेशमा रहेका नेपालीबीच आपसी सद्भाव, भाइचाराको प्रवर्द्धन गर्ने उद्देश्यले कुरुमे आसपासमा बसोबास गर्ने नेपाली युवा खेलप्रेमीहरूद्वारा यो प्रतियोगिता सञ्चालन हुँदै आएको हो। खेलसँगै अन्य सामाजिक गतिविधिमा पनि सक्रिय रहेको कुरुमे पल्टन्सले यसपटकको प्रतियोगिता थप व्यवस्थित र रोमाञ्चक हुने जनाएको छ।
पुरस्कार तथा सम्मानप्रतियोगिताको विजेता टोलीले ¥१५५,५५५ (जापानी येन) नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई ¥७५,५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै, सिरिजका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पनि विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
अधिकारिक जर्सी सार्वजनिक
प्रतियोगिताको खेल तालिकासँगै आयोजक टोली कुरुमे पल्टन्सले आफ्नो आधिकारिक जर्सी समेत सार्वजनिक गरेको छ। एक विशेष कार्यक्रममा कप्तान प्रबिन बी.के.को १७ नम्बर जर्सी सार्वजनिक गर्दै हस्तान्तरण गरिएको हो।

