धनगढीमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Nisharg hospital

२८ असोज, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।

Navjiwan hospital adv

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाँउ जाने भित्र सडक खण्डमा से ६ प ३९३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ३१ वर्षीय दुर्गा ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले ओझा मोटरसाइकलसहित नालीमा पल्टेको अवस्थामा स्थानीयले देखेपछि उद्दार गरेर उपचारका लागि अस्पताल लगेका थिए ।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । मृतकको शव अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे पनि हेर्नुस्
Loading...