

डोटी । डोटीको सिलगढीस्थित प्रसिद्ध धार्मिक स्थल शैलेश्वरी मन्दिरमा साउन महिनासँगै भक्तजनको भीड बढेको छ ।
नेपाल र भारतका श्रद्धालु भक्तजनहरु पूजापाठ, भजन किर्तन र दर्शनमा सहभागी हुने गरेका छन् । भारतको पलियाका श्रीकुल उपासक गोविन्द माधव मिश्रले सात दिने नित्य पूजा, रुद्री पाठ, हवन र भण्डारा आयोजना गरेपछि मन्दिर परिसरमा चहलपहल बढेको हो ।
भारतबाट आएका पत्रकारहरुले पनि शैलेश्वरी मन्दिरको प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । डेढ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिने हुदा मन्दिरको गरिमा प्रचारका लागि सहयोगको आह्वान शैलेश्वरी क्षेत्र विकास समितिले गरेको छ ।
गोविन्द माधव मिश्र, पिठाधीश्वर सन २०१३ मा पहिलो पटक शैलेश्वरी दर्शन गरेको थिए । यसपटक सात दिनसम्म पूजा, किर्तन, हवन र भण्डारा सञ्चालन हुनेछ । पूजाकिर्तन हजारौं भारतीय भक्तजनले दर्शन गर्ने अपेक्षा छ ।
नेपाल–भारतबीचको धार्मिक सम्बन्धलाई मजबुत बनाउँदै शैलेश्वरी मन्दिर भक्तजन र पर्यटक दुवैका लागि आस्था र आकर्षणको केन्द्र बन्दै गएको छ ।

