कैलालीमा पोखरीमा डुबेर बालकको मृत्यु

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ ।
गौरीगंगा नगरपालिका९ को शंकरपुरमा पोखरीमा डुबेर ३ वर्षीय कुशल खनालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीकाअनुसार शुक्रबार बिहान ११ बजेतिर बुद्धिराज खनालले सञ्चालन गरेको बुद्धिराज एग्रो कृषि फर्म को परिसरमा रहेको पानी जम्मा हुने पोखरीमा बालक डुबेका थिए ।

बेहोश अवस्थामा प्रहरीले उद्धार गरेर उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगाएको थियो । तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...