धनगढीमा आगलागी : छ करोड बढीको क्षति

cp new add
Nisharg hospital
suchana

धनगढी । कैलालीको धनगढीमा गत साउन ४ गते भएको आगलागीमा छ करोड बढीको क्षति भएको छ।

धनगढी उपमहानगरपालिका– ४ स्थित आठ वटा सटरमा आगलागी हुँदा छ करोड ३० लाखको क्षति भएको विवरण कैलाली प्रहरीले संकलन गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले हेलेन ट्रेडर्सका चार वटा सटर, परिवर्तन इन्पेक्सका तीन सटर र रेस्टुरेन्टको एउटा सटर गरी जम्मा आठ वटा सटरमा आगलागी भएको बताए।

बिजुलीको तार सर्ट भएर आगो लागेको बताइएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...