बझाङका रविन्द्रले रचे इतिहास

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । बझाङका नेपाली खेलाडीले पहिलो पटक म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका छन्।

एमएमए फाइटर रविन्द्र ढाँटले साविक विजेता चोङ्गरेन्ग कोरेनलाई पराजित गर्दै उपाधि जितेका हुन्।

भारतको नोएडामा शनिवार भएको बान्टमवेट श्रेणीमा भएको उक्त भिडन्तमा ढाँटले तेस्रो राउन्डमै कोरेनलाई नकआउट गर्दै एमएफएन बेल्ट आफ्नो नाममा बनाउन सफल भएका हुन्।

ढाँटको यो व्यावसायिक करिअरको नवौँ खेल हो जहाँ उनले आठ खेल जितेका छन्। उनले यो उपाधि प्रशिक्षक तथा मेन्टर दिविज पिया लामालाई समर्पण गरेका छन्।

दिविज नेपाली एमएमएको अग्रणी व्यक्तित्व हुन्। उनी नेपाल वारियर्स च्याम्पियनशिप (एनडब्लुसी) का संस्थापक पनि हुन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...