


काठमाडौँ । भारतको सर्वोच्च अदालतबाट युट्युबर एल्विश यादवले राहत पाएका छन् । उनी विरुद्ध तल्लो अदालतमा चलिरहेको कारबाहीमा सर्वोच्चले रोक लगाएको छ ।
भिडियो बनाउन सर्प र त्यसको विषको दुरुपयोग गरेको आरोपमा एल्विशले मुद्दाको खेपिरहेका छन् ।
न्यायाधीश एमएम सुन्दरेश र न्यायाधीश जयमाल्या बागचीको इजलासले इलाहाबाद उच्च अदालतको आदेश विरुद्ध सूचना जारी गरेको छ ।
एल्विश यादवको तर्फबाट वरिष्ठ अधिवक्ता गुप्ताले अन्तरिम रोक लगाउन अनुरोध गरेकी थिइन् ।
यादव विरुद्ध एनडीपीएस ऐन लागू नहुने अनि यस मुद्दामा वैधानिक प्रावधानहरू पालना नगरिएको गुप्ताको जिकिर थियो ।

