प्रभु साह सँगै २ जना अरु एमालेबाट निस्कासित

२८ असोज, रौतहट । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साह, लगायतका रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह–इन्चार्ज कुन्दन कुस्वाहालाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको छ ।

Nisharg hospital

एमालेका महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेका हुन् । उनीहरू पार्टी विरोधी क्रियाकलापमा संलग्न रहेकाले उनीहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको महासचिव पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...