नागरिक उन्मुक्तिको अध्यक्षमा लालवीरले आयोगबाट पाएनन मान्यता

cp new add
Nisharg hospital
suchana
Nast new

धनगढी । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रन्जिता श्रेष्ठ नै कायम भएकी छन्।

रन्जिता श्रेष्ठलाई हटाउँदै नागरिक उन्मुक्ति पार्टीको एक समूहले राष्ट्रिय भेला मार्फत लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो। अध्यक्षमा दाबी गर्दै लालवीर चौधरीले अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए।

राजनैतिक दलसम्बन्धी ऐन र नागरिक उन्मुक्तिको विधान अनुसार राष्ट्रिय भेला वैधानिक नभएको र रन्जितानै अध्यक्ष भएको आयोगले हिजो राति निर्णय गरेको हो। निर्णय गर्नुभन्दा पहिले लालवीर र रन्जितालाई आयोगले पत्र काटेको थियो। दुवैले आफू अध्यक्ष भएको दाबी गर्दै आयोगलाई जवाफ दिएका थिए।

उनीहरूको जवाफ, ऐन, कानुन र विधानको आधारमा रहेर रन्तिलालाई नै अध्यक्ष कायम गरिएको आयोगले बताएको छ। तर, निर्वाचन आयोगका सूचना अधिकारी दुर्गा प्रसाद चालिसेले निर्णय प्रमाणीकरण भएको बताएका छन्।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...