रास्वपामा उपसभापतिका लागि ६ जनाको दाबी

cp new add
Nisharg hospital

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया तीव्र बनेको छ। केन्द्रीय सदस्य पदको मनोनयन सम्पन्न भइसकेको छ भने पदाधिकारीका लागि आकांक्षी नेताहरूको दौड बढेको छ।

Telecome

पार्टी सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्। उनको निर्वाचित भएको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको छ। त्यस्तै वरिष्ठ नेताको पदमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह मनोनित हुने लगभग निश्चित भएको बताइएको छ।

अन्य पदका लागि भने निर्वाचन हुने भएको छ। उपसभापति पदमा हालका उपसभापति डा. स्वर्णिम वाग्लेसहित ६ जना नेताले दाबी प्रस्तुत गरेका छन्।

उपसभापति पदका आकांक्षीहरूमा लीमा अधिकारी, सोविता गौतम, सुनिल लम्साल, प्रतिभा रावल र समीक्षा बाँस्कोटा रहेका छन्। महाधिवेशनको निर्वाचन प्रक्रियासँगै पार्टीभित्र नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...