विष्णु पौडेलको रिहाइ माग्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पौडेल सात दिन हिरासतमा राखेर अनुसन्धान हुँदै


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको रिहाइ माग गर्दै उनकी पत्नीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छन्।

पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको रिट दर्ता प्रक्रियामा रहेको सर्वोच्च अदालतका सहायक प्रवक्ता उपरजिस्ट्रार निराजन पाण्डेले जानकारी दिए। उनले जनआस्थासँग कुरा गर्दै रिट परेको र दर्ता हुने क्रममा रहेको बताए।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सुर्खेतबाट पक्राउ परेका पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको थियो।
हाल उनी प्रहरी प्रभाग पुल्चोकको हिरासतमा रहेका छन्। रिटमाथि सर्वोच्च अदालतले के निर्णय गर्छ भन्ने चासो बढेको छ।
