बैतडीमा सात जनामा डेंगी पुष्टि

CP
puskar ojha
cp hospital ad
kailali udhog

बैतडी । बैतडीमा डेंगी संक्रमणको जोखिम बढ्दै गएको छ । हालसम्म सात जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालले जानकारी दिए ।

kailali hospital
Dhangadhi dashain

दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई, मेलौली नगरपालिका र पाटन नगरपालिकामा एक र एकजना संक्रमित भेटिएपछि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको छ ।

Puskar pannel
Nabjiwan
Telecome

वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले रोगको रोकथाम तथा नियन्त्रणका निम्ति जिल्ला सदरमुकाम र पाटन बजारमा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपीन लेखकले बताए ।

अभियानमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, नागरिक समाज तथा स्थानीय सहभागी थिए । अभियान बुधबार (भदौ ४) सञ्चालन गरिएको हो ।

यसैबीच, यहाँका स्थानीय तहहरूले पनि डेंगी रोकथाम तथा नियन्त्रणका निम्ति ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेका छन् । दोगडाकेदार गाउँपालिकाले हरेक शुक्रबार सरसफाइ अभियान सञ्चालन गर्दै आएको छ ।

तीन महिनासम्म सञ्चालन गरिने अभियानमा सहभागी हुन पालिकाभित्रका सम्पूर्ण विद्यालय, स्वास्थ्यचौकीलगायत सरकारी कार्यालयलाई अनुरोध गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले जानकारी दिए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...