press
po

सुदूरपश्चिममा डेङ्गी सङ्क्रमणबाट दुई सय ८८ सङ्क्रमित

cp new add
Nisharg hospital
Dhangadhi
Rubic

धनगढी। सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ।

sanjiwan
Nisharg

स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ।

maya metro
nagrik
Gyan Hotel
udhog
Mishara

यसैगरी हिमाली जिल्ला दार्चुलामा चार र बाजुरामा १८ जना सङ्क्रमित भएका छन् । डडेलधुरा, डोटी, बझाङ र बैतडीमा गरी ८८ जना सङ्क्रमित भएका निर्देशनालयले जनाएको छ।

HAMRO DAIRY
Nav

निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशी खासगरी असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमण बढ्ने भएकाले विशेष सतर्कता अपाउनुपर्ने बताए। डेङ्गीको भाइरसबाट सङ्क्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइले यो रोग मान्छेमा सर्ने भएकाले घर परिसरमा पानी जम्न नदिएर विशेष सतर्कता अपनाउन उनले आग्रह गरे।

“गमला, साइकल वा गाडीको टायर, खाली ड्रम जस्ता पानी जम्नसक्ने भाँडा तथा खाल्डामा लामखुट्टेले सजिलैसँग फुल पारेर आफ्नो वृद्धि विकास गर्ने भएकोले यस्ता सतर्कता अपनाउन आवश्यक छ”, जोशीले भने,“यस्ता सम्भावित स्थानको खोजीगरी लार्भा नष्ट गर्दा लामखुट्टेको वृद्धि विकास हुन नपाई रोगको रोकथाममा सहयोग पुग्छ।”

दुई वर्षअघि डेङ्गीका कारण सुदूरपश्चिममा तीन जनाको मृत्यु भएको थियो। निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले रोगको रोकथामका लागि लामखुट्टे मार्न ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउनु आवश्यक रहेको बताए। “यसमा हरेक स्थानीय तहको महत्त्वूर्ण भूमिका हुन्छ। आफ्नो क्षेत्रमा रोग सङ्क्रमणको अवस्था हेरेर यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ ।

यसवर्ष कतिपय पालिकाले यो अभियान सञ्चालन गरिरहेका छन्”, उनले भने” सरकारी अस्पतालमा यो रोगका बिरामीको निःशुल्क उपचार हुने गरेको छ।” लामखुट्टेको टोकाइबाट बच्नु नै यो रोगको रोकथामको प्रभावकारी उपाय भए पनि नागरिकमा चेतनाको अभाव देखिँदा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन्।

 

Navjeen New Ad
Rastiye college
याे पनि हेर्नुस्
Loading...