सरस्वतीले कीर्तिमान तोड्दै स्वर्ण जितिन

Nisharg hospital

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले राष्ट्रिय कीर्तिमान राख्दै स्वर्ण जितेकी छिन ।

पोखरामा शनिबार भएको दौडमा सरस्वतीले लुम्बिनी प्रदेशकी निशा चौधरीले शनिबार बिहान हिट चरणमा राखेको कीर्तिमानलाई तोड्दै स्वर्ण जित्न सफल भएकी हुन् ।

swostik

सरस्वतीले निर्धारित दुरी १२.१३ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छन् ।

यसअघि निशाले हिटमा १२.१५ सेकेन्डमा सय मिटर दुरी पार गर्दै देवीमाया पनेरुले सन् १९९९ को दक्षिण एसियाली खेलकुद (साग) मा राखेको कीर्तिमानलाई तोडेकी थिइन ।

हिटमा कीर्तिमान बनाउन सफल भएकी निशाले फाइनल चरणमा भने १२.२२ सेकेण्डमा सय मिटर दौड पूरा गरिन् । आर्मीकी रमिता थारुले १२.९३ सेकेन्डमा दूरी पार गर्दै कास्य जितिन ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...