


धनगढी । कैलालीको फूलबारीमा आलोक मल्टी कन्सर्न प्रा.लि. चटकपुरले आफ्नो नयाँ शाखाका रूपमा न्यू रोहित फर्निचर सप्लायर्स सञ्चालनमा ल्याएको छ।
धनगढी उपमहानगरपालिका–१४ डिपोबजारमा भदौ १५ गते विशेष समारोहका बीच पसलको भव्य उद्घाटन गरिएको हो। उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, उद्यमी, व्यापारी, समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
पसलका सञ्चालक दुर्गा प्रसाद जोशीले ग्राहकलाई उच्च गुणस्तरका आधुनिक तथा परम्परागत शैलीका फर्निचरहरू सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको बताए। उनका अनुसार पसलमा सोफा, बेड, मोडुलर किचेन, दराज, टेबुल, डाइनिङ टेबल, घुम्ने कुर्सी, कार्पेट, पर्दा, गलैचा, इलेक्ट्रिकल सामान र अफिस फर्निचरलगायत घर तथा कार्यालयका सम्पूर्ण फर्निचर एकै स्थानमा पाइनेछन्।
गुणस्तर र ग्राहक सेवामा विशेष ध्यान दिइने भएकाले न्यू रोहित फर्निचर सप्लायर्सले यस क्षेत्रको फर्निचर बजारमा नयाँ आयाम थप्ने र व्यापारिक गतिविधिमा उत्साह जगाउने विश्वास गरिएको छ। साथै, यसले ग्राहकलाई फर्निचर खरिदका लागि सहज र सुविधाजनक विकल्प प्रदान गर्ने गरेको छ ।

