सत्तारुढ गठबन्धनले देशका सातै प्रदेशमा संयुक्त भेला गर्ने

Nisharg hospital

२९ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनले देशका सातै वटा प्रदेशमा संयुक्त भेला गर्ने भएको छ ।

Navjiwan hospital adv

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेको हो ।
कात्तिक ४ गते पोखरामा हुने संयुक्त भेलाको समन्वय नेकपा एकीकृत समाजवादीले गर्ने छ, भने यस्तै बुटवलमा ४ गते विराटनगर र जनकपुरमा ५ गते तथा ६ गते सुर्खेतमा हुने भेलामा नेपाली कांग्रेसले समन्वय गर्ने छ ।

६ गते धनगढीमा र ७ गते काठमाडौंमा हुने प्रदेशस्तरीय संयुक्त भेलाको समन्वय गर्ने जिम्मेवारी भने नेकपा माओवादी केन्द्रले पाएको छ ।

यस्तै गठबन्धनको बैठकले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन परिचालन समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको ४ दलका शीर्ष नेताले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

याे पनि हेर्नुस्
Loading...