कैलालीमा साढे ६ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

cp new add
Nisharg hospital

धनगढी । कैलालीमा साढे ६ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ गरिएको छ ।
जोशीपुर गाउँपालिका–१ पिपलकोटीबाट प्रहरीले ६ ग्राम ६३० मिलिग्राम खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

Nast Ad

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले आइतबार गोप्य सूचनाको आधारमा उक्त क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूको साथबाट ६ ग्राम ६३० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ। घटनामा प्रयोग भएका दुई वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

प्रहरीले पक्राउ परेका चारै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...