महिला हक्की खेलमा बागमती प्रदेशलाई हराउँदै सुदूरपश्चिम विजयी

spa1
Nisharg hospital

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला हक्कीखेलमा सुदूरपश्चिम विजयी भएको छ ।

शनिबार भएको दोस्रो खेलमा सुदूरपश्चिमले १(० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको हो । खेलको पहिलो, दोस्रो र तेस्रो क्वाटर गोल रहित बन्न पुग्यो ।

kailali model

दुबैबीच रोचक प्रतिस्पर्धा रहेको खेलमा सुदुरपश्चिमको तर्फबाट धमरा थापाको गोल नै निर्णयक बन्न पुग्यो । खेलको अन्तिम मिनेटमा धमराले गरेको गोलले सुदूरपश्चिमलाई खेलमा जित हासिल दिलायो ।

adv khaptad
swostik

उनले ५९ औं मिनेटमा गोल गर्दै सुदूरपश्चिमलाई जित दिलाउन सफल भएकि हुन् । यसअघि भएको पहिलो खेलमा नेपाल आर्मीले ८ (० को गोल अन्तरले बागमती प्रदेशलाई हराएको थियो । आर्मीको यो लगातार दोस्रो जित हो ।

आजको खेलमा जित हासिल गरेका दुबै टिम भोलि मैदानमा भिड्दै छन्।

सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदैछ ।

भोलि प्रतियोगिताको चौथो दिन लुम्बिनी प्रदेश र प्रदेश १ बीच प्रतिस्पर्धा हुँदा सुदुरपश्चिम प्रदेश र नेपाल आर्मी मैदानमा उत्रिदै छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...