साइक्लिङमा त्रिभुवन आर्मीका राजेश र निश्मालाई स्वर्ण

Nisharg hospital
krishi add

२९ असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको साइक्लिङमा त्रिभुवन आर्मी क्लबका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्ण जितेका छन् ।

पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा शनिवार भएको रेसमा राजेशले पुरुष डाउनहिल र निश्माले महिला डाउन हिलमा स्वर्ण पदक हाँसिल गरेका हुन् ।

swostik

राजेशले १ मिनेट ४९.१०२ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण जितेका हुन् । यस्तै बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.०५ सेकेण्ड टाइमिङसहित रजत तथा एपीएफका प्रचित थापाले १ मिनेट ५५.६९२ सेकेण्डसहित कास्य जितेका हुन ।

महिलातर्फको साइक्लिङमा निश्माले निर्धारित दुरी २ मिनेट २३.५८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् ।

आर्मीकै उषा खनालले २ मिनेट ३७.४५ सेकेन्डको समय निकाल्दै रजत जितिन् भने गण्डकी प्रदेशकी जमुना थापाले २ मिनेट ४०.०९ सेकेन्डसहित कास्य हाँसिल गरेकि हुन ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...