३० असोज, धनगढी । बझाङमा ट्याक्टर दुर्घटनामा परेर चालकको मृत्यु भएको छ ।
बित्थडचिर गाउँपालिका–२ मा भएको सुपप्र०१–००२प ४९३० नम्बरको ट्याक्टर दुर्घटनामा परेर चालक २३ वर्षीय करन बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ भने अन्य दुई जना घाइते छन् ।
बोहराको डडेल्धुरामा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेको डडेल्धुरामा उपचार भइरहेको छ ।